शुक्रबार, चैत्र १६, २०८०

वरिष्ठ पत्रकार गौतमको निधनप्रति दुःख व्यक्त

काठमाडौ फागुन १९,  नेपाल पत्रकार महासङ्घले महासङ्घका केन्द्रीय सभासद् वरिष्ठ पत्रकार एवम रहस्य साप्ताहिकमा सम्पादक मुरारीप्रसाद गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ ।

मुटुसम्बन्धी रोगबाट पीडित वरिष्ठ पत्रकार गौतमको उपचारका क्रममा ग्राण्डी अस्पतालमा ६९ वर्षको उमेरमा गए राति निधन भएको हो ।

महासङ्घका महासचिव रमेश विष्टद्दारा आज जारी शोक विज्ञप्तिमार्फत नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकारलाई गुमाएको उल्लेख  गर्दै स्व पत्रकार गौतमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।