बिहिबार, बैशाख १३, २०८१

वरिष्ठ पत्रकारद्दयको दुई पुस्तक विमोचित

 राजनीतिक उतारचढावका कारण शान्तिप्रक्रियाका बाँकी काम अझै पूरा हुन नसकेको मानव अधिकार आयोगका प्रवक्ता अन्सारीको जनाउ  

काठमाडौ मंसिर ७, राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले पत्रकार राजन कार्कीले लेख्नुभएको ‘राजा, नव–बास्सा’ तथा शेखर ढुङ्गेलले लेख्नुभएको ‘अतीतका सम्झनाः भैरव दाइको सय रुपैयाँ र म’ नामक पुस्तक आज एक कार्यक्रमकावीच लोकाअर्पण गर्नुभएको छ ।

आयोगका प्रवक्ता अन्सारीले इतिहाससँग जोडिएर आएको पुस्तकलाई पाठकले पढ्ने बताउँदै राजनीतिक उतारचढावका कारण शान्तिप्रक्रियाका बाँकी काम अझै पूरा हुन नसकेको अभिव्यक्ति दिनुभएको थियो ।

कार्कीको राजा, नव–बास्सामा नेपालमा राजतन्त्रको समाप्ति तथा त्यसपछि प्राप्त गणतन्त्रात्मक विचलनको सवालमा विश्लेषण् गरिएको छ ।कार्यक्रममा इतिहासकार डा सुरेन्द्र केसी पुस्तक समीक्षक तीर्थ कोइराला, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, साहित्यकार नरेन्द्रराज प्रसार्इं, पुस्तकका प्रकाशक हीरेन्द्र ताम्राकार लगायतले लोकार्पित पुस्तको विविध पक्षमा प्रकाश पार्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।