शुक्रबार, बैशाख ७, २०८१

वरिष्ठ न्यूरो सर्जन डा देवकोटाको निधन

 पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका अस्पताल परिसरमा राखिने,त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

 काठमाडौ असार ४,  वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा निधन भएको छ ।  स्नायुरोग विशेषज्ञ डा उपेन्द्र देवकोटा विगत लामो समययतादेखि  पित्तथैलीको अर्बुदरोगबाट पीडित रहनु भएको थियो । यसअघि डा देवकोटालाइ उपचारको लागि बेलायत लगिए पनि रोग निको नहुने भएपछि उहाँलाइ स्वदेश ल्याईएको थियो ।

साथै बिरामी अवस्थामा नै आफू जन्मेको घरको पिँढीमा सुस्ताउने र त्यहाँको सिस्नेधाराको पानी पिउने इच्छा गरेबमोजिम उहाँलाई गत जेठ २६ गते हेलिकप्टरमा जन्मघर लगि पुन उपचारको लागि राजधानी ल्याईएको थियो ।

यसै वीच पूर्व स्वास्थ्यमन्त्री समेत रहेका डा देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका अस्पताल परिसरमा राखिने र त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने पारिवाकि स्रोतलाइ उदृत गर्दै अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु