शुक्रबार, बैशाख ७, २०८१

वरिष्ठ नृत्य गुरु श्रेष्ठलाइ सम्मान गरिने

काठमाडौं चैत्र १८,  नृत्य निर्देशक संघ नेपालले वरिष्ठ नृत्य गुरु हनी श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।

संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी चैत २२ गते कानून तथा न्याय मन्त्री शेरमान तामाङको प्रमुख आतिथ्यतामा तथा संस्कृतिविद सत्यमोहन जोशीको विशेष आतिथ्यतामा हनी श्रेष्ठ सम्मान साँझ २०७४ को आयोजना गर्दै वरिष्ठ नृत्य गुरु श्रेष्ठलाइ नगद रु. २५हजार ५५५ र ताम्रपत्र तथा डि–डान पदकबाट सम्मान गरिने तयारी भएको जानकारी दिईएको छ ।

त्यस्तै अघि संघले जिल्ला व्यापीरुपमा परम्परागत शास्त्रीय चर्या नृत्य प्रतियोगिता ललितपुर, नेवारी नृत्य प्रतियोगिता भक्तपुर र तामाङ लोक नृत्य प्रतियोगिता काठमाडौंको आयोजना संगै वरिष्ठ नृत्य गुरु भैरब बहादुर थापालाई अभिनन्दन समेत गरिसकेका जनाउ सहित संघले संघ स्थापना भएको दिन श्रावण २६ लाई राष्ट्रिय नृत्य दिवसको घोषणा सहितको मान्यता दिन समेत माग गरेको छ ।  कार्यक्रममा नेपालको शास्त्रीय चर्या नृत्य, लोकनृत्य, कत्थक, भरनाट्यम लगायत अन्य विविध नृत्यहरुको प्रस्तुति रहने आयोजकसंस्थाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।ट

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031