शुक्रबार, चैत्र १६, २०८०

वटु भद्रकाली मन्दिर पुनःनिर्माणको शुभारम्भ

सम्पदाहरुको पुनःनिर्माणमा सबैको सहकार्य आवश्यक :  प्रमुख  शाक्य
सम्पदा पुनःनिर्माणमा सबैको चिन्ता र चासोको विषय: उपप्रमुख  खड्गी

 काठमाडौ साउन १४,  २०७२ बैशाख १२ र २९मा गएको विनासकारी महाभूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको कामवा वडा न २२वटुस्थित भद्रकाली मन्दिर पुनः निर्माणका लागि आज एक कार्यक्रमकावीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको छ ।  शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख शाक्यले काठमाडौको आधार  र परिचयको प्रतिविम्बको रुपमा रहेको महानगरभित्र   रहेको एतिहासिक सम्पदाहरुको पुनःनिर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले सम्पदा पुनःनिर्माणमा सबैको चिन्ता र चासोको विषय भएको जनाउ दिदै केहि कमी कमजोरीका  कारण महत्वपूर्ण सम्पदाहरुको पुर्ननिर्माण समयमा हुन नसकिरहेको अवस्थामा प्रस्तुत भद्रकाली मन्दिर १ वर्षको समयसिमामा निर्माण कार्य सक्नेगरी शिलान्यास गरिएको जनाउ दिनु भएको छ ।

मन्दिर निर्माणका लागि रु एक करोड २० लाख बजेट विनियोजन गरिएको छ ।  कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र न.९ का सासंद कृष्णगोपाल श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र न ८ बाट प्रदेश सभासद रहेका राजेश शाक्य लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।