बुधबार, बैशाख १२, २०८१

लोकसेवा आयोगका अध्यक्ष मैनाली हेमबहादुर मल्ल पुरस्कारबाट सम्मानीत

काठमाडौं जेठ ४ ,  नेपाल जनप्रशासन संघले शुक्रबार राजधानीमा आयोजना गरेको ए विशेष कार्यक्रमकावीच उपराष्ट्रपति नन्दबहादुर पुनले  लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद  मैनालीलाई  दुई लाख रुपैयाँ नगदसहितको  हेमबहादुर मल्ल सम्मानबाट  सम्मानीत गर्नुभएको छ ।

 मैनालीले नेपालको प्रशासनमा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै  संघले  साल्ट ट्रेडिङ कर्पोरेसनको प्रायोजनमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान २०७०’ बाट  सम्मानीत गरेको  हो  ।

हेमबहादुर मल्ल पुरस्कार’ बाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा। बिमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा.सुरेशराज शर्मा र खिलराज रेग्मीलाई  सम्मानीत गरिसको  छ ।   कार्यक्रममा साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धर लगायतले  सम्बोधन गर्नु भएको  थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।