शुक्रबार, चैत्र १६, २०८०

लोकतन्त्र विरोधी र आतंकपूर्ण क्रियाकलाप रोक्न सरकारलाई एमालेको आग्रह

काठमाडौं मंसिर १३ ,नेकपा (एमाले)ले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आइरहेका बेला उम्मेदवार केन्द्रित आक्रमण र विस्फोटलगायतका घटना रोक्न सरकारलाई आग्रह गरेको छ ।   एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज जारी गर्नु भएको विज्ञप्तिमा निर्वाचन नजिक आइरहेका बेला उम्मेदवारमाथि हदै आएको यस्ता आक्रमणका घटनाको निन्दा र भत्र्सना गर्दै लोकतन्त्र विरोधी र आतंकपूर्ण क्रियाकलाप रोक्न सरकारलाई आग्रह गर्नुभएको हो ।

त्यस्तै विज्ञप्तिमा निर्वाचन सुरक्षा व्यवस्था कडा पार्दै भयरहित वातावरणमा चुनाव प्रचारप्रसार र मतदान हुन्छ भन्ने अनुभूति जनतामा गराउन सरकारको ध्यानाकर्षण सहित पटक–पटक शान्ति सुरक्षाको प्रत्याभूति गर्न हामीले गरेको आग्रहलाई सरकारले बेवास्ता गरेको भन्दै विज्ञप्तिमा रुकुम, रोल्पा, भोजपुर, रौतहट हुँदै बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उमेदवार तथा शीर्ष नेतालाई लक्षित गरी सुरु गरिएको विस्फोटका घटना पछिल्लो दिनमा झनै बढ्न थालेको छ । एकपछि अर्को बिस्फोट र एम्बुस थाप्ने जस्तो आपराधिक क्रियाकलाप बढिरहेको अवस्थामा समेत सरकार भने कुनै जिम्मेवारी बहन नगरी कानमा तेल हालेर बस्ने कामले  एमाले  निकै गम्भीर बनेको जिकिर गर्दै सरकार कतै बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र शीर्ष नेतालाई चुनावी प्रचार–प्रसारमै जान नदिने गम्भीर षड्यन्त्रमा त छैन रु सुरक्षाको जिम्मेवारीबाट भागेको त होइन भन्ने गम्भीर प्रश्न पनि सरकारको मौनताले नै उब्जाइरहेको जिकिर गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।