बिहिबार, चैत्र १५, २०८०

लोकतन्त्रलाई बचाउँन पनि काँग्रेसलाइ जिताउँनु पर्नेमा मन्त्री बस्नेतको जोड

  • मीठा नाराभन्दा काम गर्ने व्यक्तिलाई विश्वास गर्दै लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आग्रह

  •  जलवीरे बृहत चुनावीसभामा एमाले र माओवादी केन्द्र परित्याग गर्दै करिव ५ सय भन्दा बढी कार्यकर्ता काँग्रेसमा 

काठमाडौं कार्तिक १९ , आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीत वृहत चुनावी भेलालाई सम्बोधन गर्दै
सञ्चारमन्त्री मोहन बस्नेतले लोकतन्त्रमाथि भइरहेको वलात आक्रमण रोक्न र देशमा स्थायी शान्ति कायम गर्न लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्नु भएको   छ । आइतबार जिल्लाको क्षेत्र नम्बर १ को जलवीरेमा भएको यक्त सभामा मन्त्री बस्नेतले एकतन्त्रीय अधिनायकवादी शासनको लक्ष्य सहित लोकतन्त्रलाई नामेट गर्न वाम गठबन्धन लागि परेको भन्दै लोकतन्त्रलाई बचाउँन पनि काँग्रेसलाइ जिताउँनु पर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै सम्बोधनको क्रमम उहाँले मीठा नाराभन्दा काम गर्ने व्यक्तिलाई विश्वास गर्दै लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आग्रह गर्दै पाँच वर्षभित्र सबै जनताको घरमा पक्की मोटर बाटो पुर्‍याउने एकमात्र संकल्प आफूले लिएको र त्यसलाई पूरा गराउन पनि मतदान गर्न अपिल गर्नु भएको थियो ।   वृहत चुनावी भेलाकै क्रममा मन्त्री बस्नेत एमाले र माओवादी केन्द्र परित्याग गर्दै काँग्रेस प्रवेश गरेको ५ सय भन्दा बढि कार्यकर्तालाइ टिका लगाइर पार्टीमा स्वागत गर्नु भएको थियो ।

सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिक र नेपाली कांग्रेसको संयुक्त चुनावी गठबन्धन प्रतिस्पर्धामा छ । सिन्धुपाल्चोकमा दुई क्षेत्रमध्ये १ नम्बरमा बस्नेत आफैं प्रतिनिधिसभाका उम्मेदवार हुन् भने वाम गठबन्धनका तर्फबाट माओवादीका नेता अग्नि सापकोटा उम्मेदवार छन्।