शुक्रबार, बैशाख ७, २०८१

लोक-कल्याणकारी काम गर्ने संस्थालाई विशेष सम्मान दिनु पर्नेमा पूर्वमन्त्री बस्नेतको जोड

भक्तपुर चैत १९, राम चन्द्र प्रजापति/  पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले लोककल्याकारी राज्यमा लोककल्याणकारी काम गर्ने संस्थालाई विशेष सम्मान तथा काम गर्ने अधिकार दिनुपर्ने बताउँनु भएको छ ।

मध्यपुर थिमी स्थित अतिथि फूडल्याण्डमा१६ औं वार्षिक साधारणसभा तथा नागरिक सम्मेलनको कार्यक्रममा वोल्दै सासंद बस्नेतले सम्पन्न लागनी सम्मेलनमा ७२ वटा विशेष योजनाहरु सरकारले प्रस्तुत गरेकोमा भक्तपुरमा बाहिरी चक्रपथ, अन्तर्राष्ट्रिय स्तरको सभागृह, प्राणी उद्यान, सुविधा सम्पन्न वीर अस्पताल लगायतका विकासमा सम्मेलनमा सहभागिले विशेष चासो दिएको  जानकारी दिनु भएको छ । त्यस अवसरमा उत्कृष्ट संस्था सम्मान मानव कल्याण समाज सस्थालाई नगदसहित सम्मान पत्रले प्रमुख अतिथि बस्नेतले सम्मान गर्नु भएको थियो।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले स्थानिय तहको विकास निर्माणका कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरले महत्वपूर्ण भुमिका रहेको बताउँदै गैरसरकारी संस्था स्थानिय तह जिल्ला समन्वय समिति एक आपसमा समन्वय गरि विकास निर्माण कार्यमा सहकार्य गरि अगाडि बढनु पर्ने बताउनु भयो।

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरद्दारा अध्यक्ष सोम शर्मा बजगाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा चागुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्र,सुर्यविनायक नगरपालिकाका उप मेयर जुना बस्नेत लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।