शुक्रबार, चैत्र १६, २०८०

लिटल प्रिन्स एण्ड ताज विजेता र मगरलाइ

 काठमाडौं असोज १७, ग्ल्यामरस नेपालले आयोजना गरेको हरिवन (सर्लाही) लिटल प्रिन्स एण्ड प्रिन्सेज २०१८ प्रतिस्पर्धा भब्य रुपमा सम्पन्न भएको छ ।  बालबालिकाको लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराई क्षमता विकास तथा अभिबृद्धिका लागि गराईएको प्रतिष्पर्धामा सिनियर गल्र्सतर्फ विजेता तामांगले लिटिल प्रिन्सेजको ताज पहिरिइन् । यस्तै सिनिर ब्वाईजतर्फ प्रिन्स मगर लिटल प्रिन्स घोषित भए ।

त्यस्तै जुनियर गर्ल्सतर्फ प्रकृती उप्रेतीले लिटल प्रिन्सेजको उपाधी चुम्दै ताज पहिरिइन् । जुनियर ब्वाईजतर्फ अंशु वाईवा लिटल प्रिन्स बने ।
दुबै समुहबाट लिटल प्रिन्स र प्रिन्सेज घोषित विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि हरिवन नगरपालिकाकी उपमेयर रेनुका पौडेल, सर्लाही प्याप्सन अध्यक्ष गोपाल पजियारलगायतका ब्यक्तित्वहरुले पिन्सेजलाई ताज, प्रिन्सलाई भादगाउँले टोपीका साथमा शिल्ड, प्रमाणपत्र, खादा तथा विभिन्न उपहार प्रदान गरेका थिए ।

प्रतिस्पर्धामा लिटिल प्रिन्सेर्ज सिनियर गर्ल्सतर्फ फस्टरनरअप सुप्रिया पाण्डे, सेकेण्ड रनरअप अंशु घिमिरे र थर्डरनरअप एन्जिला मगर भए । जुनियर गर्ल्सतर्फ फस्टरनरअप सिमन रेग्मी, सेकेण्ड रनरअप साधना थापा, थर्ड रनरअप अभिंशा घिमिरे भए ।
लिटल प्रिन्समा सिनियरतर्फ फस्टरनरअप फेमस ढुंगेल, सेकेण्ड रनरअप कुलाराम दाहाल, थर्ड रनरअप मदन कार्की भए भने जुनियरतर्फ फस्ट रनरअप प्रज्वल थिङ, सेकेण्ड रनरअप आर्यजित महतो, थर्ड रनरअप जेनिस सिग्देल भए ।

लिटिल प्रिन्सेसको सिनियरतर्फ बेस्ट ट्यालेन्ट अवार्ड इरिका मगर, बेस्ट फोटोजेनिक अंशु घिमिरे, बेस्ट फ्रेन्ससिप सुप्रिया गुप्ता, बेस्ट लिडरशिप अंकिता महत, ग्ल्यामरस आइज अर्पिता घिमिरे, ब्युटिफुल स्माइल लक्ष्मी ठोकर, मस्ट पपुलर उर्सला मैनाली, बेस्ट एक्स्प्रेसन बिजेता तामांग, ब्युटिफुल वाक अंजिला बल, ब्युटिफुल पर्सनालिटी गरिश्मा श्रेष्ठ, बेस्ट कन्फिडेन्ट अनिशा वाइबा, लिटिल कन्जिनियालिटी करिना राना, बेस्ट पर्फर्मेन्स आश्मा बल, मस्ट ब्युटिफुल अर्पिता घिमिरे, बेस्ट डिसिप्लेन खुशी दास, मस्ट हेल्पफुल समीक्षा खतिवडा, ब्युटिफुल हेयर अस्मिता तामांग, लभली पोज सुस्मिता वाइबा, मस्ट निट एन्ड क्लिन ग्रिस्मा श्रेष्ठ, बेस्ट डिसिप्लेन समुराही खड्का, बेस्ट कन्फिडेन्ट खुस्बु बानियाँ, ब्युटिफुल स्किन दिप्ती लामा, बेस्ट फोटो जेनिक प्रतिभा सिंदाली, बेस्ट पर्फर्मेन्स प्रतीक्षा लुइँटेल र बेस्ट लिडरशिप अवार्ड सुप्रिया पाण्डेले जिते ।
यस्तै जुनियरतर्फ बेस्ट ट्यालेन्ट सजना लामा, बेस्ट फोटो जेनिक सजनी वाइबा, बेस्ट फ्रेन्डसिप साधना ठोकर, ब्युटिफुल स्माइल अबिन्सा घिमिरे, ब्युटिफुल वाक सिमुन रेग्मी, ब्युटिफुल पर्सनालिटी क्रिशा थापा, बेस्ट कन्फिडेन्ट मिथुला घिमिरे, लिटिल कन्जिनियालिटी दीक्षा पोखरेल, मस्ट ब्युटिफुल प्रकृति उप्रेती, ब्युटिफुल हेयर समृद्धि केसी, मस्ट प्रिटी मसृद्धि ढुंगेल, बेस्ट डिसिप्लेन आस्था पोखरेल, बेस्ट चार्मिंग तारा श्रेष्ठ, बेस्ट कन्फिडेन्ट रोसु पोते, ब्युटिफुल स्किन प्रकृति उप्रेती र मस्ट क्युट प्रकृति उप्रेती भए ।

प्रतिष्पर्धाका क्रममा बालबालिकाहरुले आकर्षक क्याटडवक, परिचय, नृत्य तथा कला प्रस्तुती गर्नुका साथै प्रश्नोत्तरबाट ज्ञान र क्षमताको परीक्षा दिएका थिए । सर्लाही प्याप्सनका अध्यक्ष गोपाल पजियारको अध्यक्षतामा भएको कार्यक्रममा निर्णायकहरु पत्रकार तथा अधिवक्ता लीलानाथ घिमिरे, पत्रकार भोटराज राई, व्यूटिसिन अमिता पाण्डे, मोडल तथा बैंकर आशिष प्रधान र समाजसेवी तथा शिक्षिका अन्जना पजियार रहेका थिए ।
अर्किट इन्टरनेश्न स्कूलको प्राङगणमा अभिभावक तथा दर्शकको भिडकाबीच भएकको कार्यक्रमलाई लोकप्रिय गायक डिजराज पौडेलको गाउनले सबैलाई नचाएको थियो । कार्यक्रममा कलाकार वर्षा प्रधानको नृत्यले भारी प्रशंसा पाएको थियो । स्थानीय कलाकारहरुको पनि कार्यक्रममा प्रस्तुति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।