शुक्रबार, बैशाख ७, २०८१

लायन सदस्यहरुलाइ सामाजिक कार्यक्रममा जुट्न आव्हान

काठमाडौ साउन २६,  लायन्स क्लब ३२५, ए–२ को पहिलो नियमित क्याबिनेट बैठक डिस्ट्रिक गभर्नर सुदर्शनधर प्रधानांङ्गको सभापतित्वमा सम्पन्न भएको छ । बैठकको प्रारम्भमा गभर्नर प्रधानांङ्गले स्वागत अभिव्यक्ति दिनुहुँदै लायन सदस्यहरुलाइ सामाजिक कार्यक्रममा जुट्न आव्हान गर्नु भएको छ ।

बंगलादेशका अन्तर्राष्ट्रिय डाइरेक्टर काजी अक्रामुद्दीन अहमदको प्रमुख आतिथ्यतामा सम्पन्न प्रस्तुत बैठकमा डिस्ट्रिक जीएमटी कोआर्डिनेटर पीडीजी मधुकरकुमार उपाध्याय, पूर्व अन्तर्राष्ट्रिय डाईरेक्टर ई सञ्जय खेतान, एलसीआईफ एरिया लिडर बालकृष्ण बुर्लाकोटी, जीएमटी एरिया लिडर खगेन्द्र सिटैला, मल्टीपल काउन्सील चियरपर्सन डिआर खनाल, डिस्ट्रिक–३२५, ए–१ का डिस्टिक गर्भनर अनन्तप्रसाद भेटवाल, डिस्ट्रिक ३२५, बी–२ का गभर्नर अशोककुमार श्रेष्ठ र डिस्ट्रिक ३२५, बी–२ का डिस्ट्रिक गभर्नर सुनिल ओझा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नर्भिक इन्टरनेशनल अस्पतालले लायन्स सदस्यहरुलाई ३० प्रतिशत छुट दिने व्यवस्थाको घोषणा गरेको छ भने ललितपुरको भैसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालले पनि लायनसदस्यहरुलाई विशेष सुविधा सहित सेवा दिने उद्घोष गरेका छन ।  कार्यक्रममा विभिन्न सामाजिक कार्यमा योगदान पु-याउने लायन व्यक्तित्वहरुलाई प्रमुख अतिथि अन्तर्राष्ट्रिय डाइरेक्टर काजी अक्रामुद्दीन अहमद र डिस्ट्रिक गभर्नर सुदर्शनधर प्रधानाङ्ग सहितको टिमले सम्मान गरेको थियो । त्यस्तै सम्पन्न क्याबिनेट बैठकले डिस्ट्रिक बजेट २०१८/१९ पारित गरेको छ ।

लायन्स क्लब अफ काठमाडौं रेज, लायन्स क्लब अफ काठमाडौं हिमचुलि, लायन्स क्लब अफ गाईघाट सिटि, लायन्स क्लब अफ काठमाडौं फिलोशिप, लाईन्स क्लब अफ काठमाडौं किप’ र लायन्स क्लब अफ काठमाडौं उदयको   संयुक्त आयोजनमा भएको    प्रस्तुत  पहिलो नियमित   डिस्ट्रिक क्याबिनेट बैठकमा उपस्थित लायन्स सदस्यहरुलाई फस्ट भीडिसि शोभा जोशीले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु