शुक्रबार, चैत्र १६, २०८०

लायन्सलाइ सञ्चारमैत्री बनाउँन सरोकारवालाहरुको  जोड  

लायन्स डिस्ट्रिक गभर्नर सेकेण्ड एडभाइजरी मिटिङ सम्पन्न

काठमाडौ माघ २१,  शनिवार राजधानीमा लायन्स क्लब ईन्टरनेशनल, ३२५, ए–२ को डिष्ट्रिक गभर्नर सेकेण्ड एडभाइजरी कमिटी मिटिङ एण्ड फेलोसीप कार्यक्रम सम्पन्न भएको छ ।  मिटिङमा लायन्स क्लब अफ काठमाडौं फेलोसीप, लायन्स क्लब अफ रामेछाप लिखु, लायन्स क्लब अफ काठमाडौं जागृति, लायन्स क्लब अफ नेपाल जर्नालिस्ट र लायन्स क्लब अफ हिमालय एक्सिलेशन लगायतका क्लव अध्यक्षले आ–आफ्नो क्लबको तर्फबाट सम्पादन भएको गतिविधि भावी योजनाको प्रतिवेदन पेश गर्नु भएको थियो ।

त्यसक्रममा लायन्स क्लब अफ नेपाल जर्नालिष्टका अध्यक्ष लायन योगेन्द्र प्रताप शाहीले लायन्स क्लबलाइ सञ्चारमत्री बनाउँन आवश्यक रहेको जनाउ दिदै  सो सम्बन्धमा पाँचबुँदे महत्वपूर्ण सुझाव सहितको कार्यप्रगति प्रतिवेदन  प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रस्तुत सुझाव आफैमा महत्वपूर्ण भएको जिकिर सहित मल्टिपल, डिष्ट्रिक लगायतका जिम्मेवार पदाधिकारीले यसवीचमा विद्यमान कमी कमजोरीको पहिचान गर्दै क्लबलाइ सञ्चारमैत्री बनाउन आवश्यक खाका बनाउने व्यवस्था मिलाउँनु पर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै मल्टिपल जिएमटी कोअर्डिनेटर लायन शम्भू घिमिरेले आगामी फागुन ७ र ८ गते लायन्स क्लबकी अन्र्तराष्ट्रिय प्रेसिडेन्टको प्रमुख आतिथ्यमा नया दिल्लीमा आयोजना हुने जिएमटी एरिया फोरमको बैठकमा नेपालबाट पीआईडि लायन संजय खेतान, जिएमटी एरिया लिडर लायन खगेन्द्र सिटौला, मल्टिपल जिएमटी कोआर्डिनेटर लायन शम्भू घिमिरे प्रस्तुत बैठकमा प्रतिनिधीत्व गर्ने जानकारी दिनु भएको उक्त बैठकमा क्याबीनेट सेक्रेटरी लायन दिपक प्रजापतिले फागुनको ११ गते तेस्रो क्याबीनेट बैठक आव्हान गरिएको जानकारी दिदै बैठकमा सहभागी हुन आग्रह गर्नुभएको छ । त्यस्तैगरि लायन उत्तमकुमार झाले आगामी फागुन १८ गते आयोजना हुने लायन्स उत्सवको जानकारी दिनुभएको थियो ।

जेष्ठ नागरिक सिटिजनसिप चिफ लायन धनराज भडेलले नेपालको लागि जापान सरकारबाट सहयोग ल्याउन भूकिा निवाृह गर्ने पूर्व सात जना राजदूतहरुलाई २०१९ मार्चको २३ तारिखमा सम्मान गर्न कार्यक्रम रहेको मिटिङमा जानकारी दिनुभएको थियो ।

जोन चियर पर्सन लायन भरत प्रशाइको अध्यक्षतामा सम्पन्न  उक्त मिटिङमा मल्टिपल चिएर पर्सन लायन डिआर खनाल, मल्टिपल जिएमटी कोआर्डिनेटर शम्भू प्रसाद घिमिरे फस्ट भीडिजी लायन शोभा जोशी, सेकेण्ड भीडिजी लायन शुशीला मल्ल, पिएमसिसि लायन कयामुद्दिन, डिष्ट्रिक जिएमटी कोआर्डिनेटर पीडिजी लायन मधुकरकुमार उपाध्याय, डिस्ट्रिक चिफ लायन राजेन्द्र गीरी, टे«जरार लायन विधान जोशी र एडिसनल क्याबीनेट सेक्रेटरी लायन कृष्णज्योति शाक्य, क्याबिनेट सेक्रेटरी दिपककृष्ण प्रजापति लगायत जिम्मेवार लायन्स पदाधिकारीको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।