बिहिबार, बैशाख ६, २०८१

लागूऔषध र विदेशी मुद्रा सहित ठमेलबाट मगर र शर्मा पक्राउ

काठमाडौं भाद्र २८,  महानगरीय प्रहरी वृत्त लैनचौरले सिन्धुपाल्चोकका राम बहादुर मगर र दाङका सागर शर्मालाई पक्राउ गरेको छ । राजधानीको पर्यटकीय 21733673_1857875037631445_846534274_oनगरी ठमेलबाट पक्राउ परेका अभियुक्तद्दयबाट प्रहरीले नोर्फिन, डाइजेपाम लगायतका लागूऔषध एक हजार अमेरिकन डलर, ५० मलेसियन रिंगेट पनि बरामद भएको जनाएको छ ।

त्यस्तै विगत लामो समययतादेखि ठमेललाई लक्षित अभियुक्तद्दय 21729389_1857877924297823_48463161_nलागूऔषध कारोबारमा संलग्न रहेको भन्ने सूचनाको आधारमा प्रहरी कारवाही  गर्दा निजहरु
पक्राउ परेको लैनचौर वृत्तका डिएसपी दिपक पोखरेलले बताए ।

त्यस्तै लैनचौर प्रहरीले दुई दिनअघि मात्र ठमेलमा बिक्रि गर्न लागिएको एक किलो चरेशसहित रोहित घले, तनहुँका मिन गुरुङ र ी नवीन थापालाई पक्राउ गरेको थियो भने
गत १५ भदौमा लैनचौर वृत्तले तीन केजी सात सय ग्राम चरेशसहित मकवानपुरका राम बहादुर मोक्तानलाई पक्राउ गरेको थियो । ठमेलमा पर्यटकहरु बढ्दै जाँदा चरेशको माग बढेको निष्कर्ष सहित प्रहरीले अहिले यस क्षेत्रमा लागु औषधकारोवारी विरुद्धको अप्रेसनलाई तिव्रता दिएको छ ।

त्यसोत महानगरीय प्रहरी वृत्त लैनचौरमा डिएसपी पोखरेलको पर्दापर्णसंगै लागु औषधका कारोवारी लगायतका अन्य विभिन्न समाजीक अपराध सहित आफ्नो वर्चश्व कायम गर्दै आएका अपराधीहरुको निद हराम भएको र स्थानीयले कृहि हद सम्म भएपनि सुरक्षाको अनुभूत गर्न पाएको बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031