शुक्रबार, चैत्र १६, २०८०

लागु औषधसहित चारजना पक्राउ

 काठमाडौ जेठ २७,  महानगरीय प्रहरी परिसर अन्र्तगत रहेको महानगरीय प्रहरी वृत्त जनसेवाले लागु औषधसहित चारजनालाई पक्राउ गरेको छ ।  लागुऔषध कारोबार भएको गोप्य सूचनाका आधारमा प्रहरीले काठमाडौका सुनिल श्रेष्ठ, रविन्सन महर्जन, रवीन शाही र काभ्रेपलाञ्चोकका राजकुमार तामाङलाई शनिबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुसँग डाइजेल्याब १२७ थान, नुर्फिन १०२ थान, फेनार्गन २९८ थान, डेल कम्पनीको ल्यापटप एक थान, लागु औषध खरिद बिक्रिमा प्रयोग हुने मोबाइल १६ थान र नगद रु सात हजार ५०५ बरामद गरेको छ ।  पक्राउ परेका लागु औषधकारोवारी संग आवश्यक कारवाहीको लागि  अनुसन्धान सुरु गरिएको    जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।