बिहिबार, चैत्र १५, २०८०

लागुऔषध सहित गिरी पक्राउ

 काठमाडौ माघ २१ ,  महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले वीरगञ्जबाट काठमाडौँ आउदै गरेको ना ७ ख ४२८ नं को यात्रुवाहक बसको चेकजाँचको क्रममा ६सय३२ एम्पुल लागुऔषधसहित नारायण गिरीलाइ लाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गिरीसँग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाइजेल्याब १९४ एम्पुल र नुर्फिन ४६ एम्पुल बरामद गरिएको जनाउँदै थप अनुसन्धान र आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।