बिहिबार, चैत्र १५, २०८०

लमही नगर कार्यपालिकाका इञ्जिनियर श्रेष्ठविरुद्ध मुद्धा दायर

काठमाडौ माघ १७,  घुस लिएको रकमसहित पक्राउ परेकी लमही नगरपालिकाअन्तर्गत नगर कार्यपालिकाको कार्यालय लमही, दाङको भवन नियमन शाखामा कार्यरत सहायक इञ्जिनियर संगीता श्रेष्ठविरुद्ध आज  आयोगले आज विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

आयोगका अनुसार इञ्जिनियर श्रेष्ठले सेवाग्राहीसँग घर अभिलेखन नक्सा पास गर्न क्रममा घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कोहलपुर टोलीले निजलाई घुस रकमबापतको रु ५० हजार लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।त्यस्तै आयोगले आज दाय मुद्धामा इञ्जिनियर श्रेष्ठविरुद्ध  भ्रष्टाचार निवारण ऐन अनुरुप जरिवाना र कैद सजायको माग दाबी  गरिएको जनाएको छ ।