शुक्रबार, चैत्र १६, २०८०

रौतहटमा माओवादी नेता एकढिक्का भएर निर्वाचनमा होमिदै

काठमाडौं भाद्र २८,  असोज २ गते प्रदेश नम्बर २ का आठ जिल्लामा हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रचारप्रसारमा रौतहट जिल्लामा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता एक भएर जुटेका छन् ।  यसैक्रममा १६ नगरपालिका र दुई गाउँपालिका गरी १८ स्थानीय तह रहेको रौतहटमा भने छुट्टै माहोल देख्न सकिन्छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले एवं माओवादी आ–आफ्ना राष्ट्रिय जनता पार्टी तथा अन्य दलहरु चुनावी एजेन्डासहित Rautahat neta

निर्वाचनमा होमिएका छन् । यसमा पनि माओवादी केन्द्र भने एकढिक्का भएर निर्वाचनमा होमिएको देख्न सकिन्छ ।
एमाले तथा कांग्रेसलगायतका दलमा उम्मेदवार टिकट वितरण विवादको विषय बनेपनि त्यसको असर निर्वाचनमा प्रचारमा समेत रौतहटमा देखिएको छ । दुई ठूला दलको विवाद कायमै रहेका बेला माओवादी केन्द्र भने एकमतका साथ निर्वाचनमा सहभागी भएर विगतमा निरास भएका जनतामा उत्साह थपेको स्थानीय मदन साहले बताए ।
उनले विगतामा माओवादीका एजेण्डा सहि हुदाँहुदौ पनि आन्तरिक विभाजन र एजेण्डा जनतासँग पु–याउने विषयमा कम्जोरी गरेको थियो अहिले भने निकै उत्साहका साथ एक भएर लागेको देख्दा माओवादी सुधिएको अनुभूति भएको बताए । रौतहटका माओवादी केन्द्रका नेता तथा सहरी विकास मन्त्री प्रभु साह, सांसद अशोक जयसवाल, पूर्व राज्यमन्त्री एवं सांसद सत्यनारायण भगतविन, देवेन्द्र पटेल, उपेन्द्र साहलगायतका नेताहरु उम्मेदवारलाई मत माग्न हातेमालो गरेका छन ।  रौतहटमा महिलाहरु पनि निकै उत्साहित भएर निर्वाचन अभियान तथा प्रचारमा सहभागी भएका छन । महिलाहरुको अधिकार प्राप्तिका लागि महिला उम्मेदवारलाई नै पहिलो रोजाईमा राखिएको उनीहरुको प्रतिक्रिया छ ।