शुक्रबार, चैत्र १६, २०८०

रु ६६ लाख मोल तोक्दै नक्कली सुन बेच्न हिँडेका लामा र तामाङ पक्राउ

काठमाडौ मंसिर २४ ,महानगरीय प्रहरी परिसर बौद्धले सन्धुपाल्चोकका २३ वर्षीय लालबहादुर लामा र सिन्धुपाल्चोककै २२ वर्षीय राजीव तामाङलाई आज पक्राउ गरेको छ ।

प्रहरीका अनुसार लामा र तामाङलाइ रु ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बेचबिखन गर्न हिँडिरहेको अवस्थामा बौद्ध स्तुपाआसपासका क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

त्यस्तै पक्राउ परेका अभियुक्तद्दयले नक्कली सुनलाई सक्कली सुन भनी रु ६६ लाखमा बेचबिखन गर्न हिँडिरहेको अवस्थामा एक/एक किलोग्रामका दुईवटा बिस्कुट समेत बरामद भएको जनाउँदै पक्राउ परेको दुवैजनासँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।