बिहिबार, चैत्र १५, २०८०

रु सात लाख सहित ३ दर्जन जुवाडे पक्राउ

 काठमाडौं पुस २१, नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाडौ र महानगरीय प्रहरीवृत्त बौद्धको संयुक्त टोलीले आज राजधानीको बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरमा छापा मारी २१ जना जुवाडेसहित रु सात लाख १९ हजार ८२० बरामद गरेको छ ।

प्रहरीको अनुसार लामाको घरमा ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा प्रहरीले जुवाडे सहितको ठूलो रकम बरामद गरेको हो ।

त्यस्तै प्रहरीले पक्राउ परेका ३ दर्जन जुवाडे माथि आवश्यक अनुसन्धान सहितको कारवाही गरिने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।