मङ्लबार, बैशाख ११, २०८१

रु पाँच लाख ६८ हजार सरकारी राजश्व हिनामिना गर्ने चाबहिल मालपोतका बस्नेतविरुद्ध मुद्दा दायर

काठमाडौ पुस   १६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार जग्गा दाखिला खारेज गर्दा नियमानुसार लाग्ने दस्तुर सनिश मिश्रको नाममा काटेको तर राजश्व खातामा भने जम्मा नगरी रु पाँच लाख ६८ हजार २०८ बराबरको भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले एकै आर्थिक वर्षमा एउटै नम्बरको फरक फरक रसिद अर्थात बस्नेतले मिति ०७३ असार २६मा काटेको रसिद नम्बर २१९७४ र विसं २०७२ फागुन १६ गते काटेको रसिद न अनुसन्धानको क्रममा पाईएको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गर्दै एउटै रसिद काटी राजश्वमा दाखिला गर्नुपर्ने रकमसमेत उपलब्ध नगराएकाजनाउँदै निज विरुद्ध बिगो असुल गरी कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।