शनिबार, बैशाख ८, २०८१

रुपसे प्यारो छहरा…

गुन्जाउंदै बन कन्दरा, सुरिलो त्यो गीत।
शुन्यतामा मन मिलेको
चंचले त्यो मीत
तरेलीको लिस्नो चढि
घामले दिन्छ पहरा
शन्देश बोकि ल्याउने
रुपसे प्यारो छहरा
गाउंछ गीत रुपसे

काली पढ्छे कबिता (कालीगण्डकी)
प्रक्रृतिको जुहारात
संग्लो उनका ममता
काली छेउमै बैंश फूले
माथि उडे सारस
पछ्याऔं है गोरेटो
भेट्नलाई पारस
एकै छिमल छेउमै
थकाई मार्न ढुंगेन

ढिकेरीको छमछम ढिकेरीको छमछम
मिठो संगीत टुंगेन
बिर्सिएका कति साथ
रुपसेले सम्झाउंछ
तिर्खाएका यात्रीलाई
रुपसेले भिजाउंछ
सुनगाभाको कुर्नेस
रूपसेको स्वीकार
परिसरमै गुन्जने
कोइलीको पुकार

छहराले बगायो मनको मैलो बिकार
रूपसेको रुपैले
सम्मोहनमा पयर

किरन कार्जित
सितापाईला

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।