शुक्रबार, चैत्र १६, २०८०

रुकुम पूर्वमा वाम गठबन्धनका उम्मेदवार विजयी

  काठमाडौं मंसिर २२,  प्रतिनिधिसभा तथा प्रदेस सभाको प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा बाम उम्मेदवार कमला रोकासहित रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन । प्राप्त जानकारी अनुसार प्रदेशसभा क्षेत्र नं क मा आफ्ना प्रतिस्पर्धी काँग्रेसका दूतकुमार पुनलाई ३ हजार २८३ मतले पछि पार्दै गठबन्धनका उम्मेदवार तेजबहादुर ओली विजयी हुनुभएको हो ।

 यस्तै प्रदेशसभा क्षेत्र नं ख मा पनि पनि गठबन्धनका उम्मेदवार पूर्णबहादुर घर्ती विजयी हुनुभएको छ उहाँले आफ्ना प्रतिस्पर्धी काँग्रेसका फत्तबहादुर बस्नेतलाई पराजित गर्नु भएको हो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।