बिहिबार, चैत्र १५, २०८०

राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल  होस् : राष्ट्रपति  

 काठमाडौ कार्तिक  ९,    राष्ट्रपति विद्यादेवी भण्डारीले  छठ पर्वको  अवसरमा  स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति   भण्डारीद्दारा  आज जारी शुभकामना सन्देशमा  सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामना   गर्नुभएको छ ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले पनि छठ पर्वको पावन अवसरमा शुभकामना दिनुहुँदै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म संस्कृतिले अत्यन्त धनी रहेको ��ल्लेख  गर्नु भएको  छ ।