शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रियसभा सदस्यको् निर्वाचन आज ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौ माघ २४, राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ ।  निर्वाचन आयोगले मंगलवार पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

आयोगकाअनुसार मतदानका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको र १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । जसअअनुसार प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को ललितपुरस्थित पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालयनजिक सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको आयोगले जनाएको छ ।

त्यस्तै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं २ लगायतका अन्य प्रदेशमा  समेत केहि गरि कुल कूल ५६ पदमध्ये २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका कारण अब निर्वाचित हुन बाँकी ३२ पदका लागि ५२ जना उम्मेदवारवीच प्रतिस्पर्धामा हुने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।