बुधबार, बैशाख १२, २०८१

राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रतिवेदन अनुमोदन: एकता संयोजन समिति बैठक

भक्तपुर माघ ७,  एमाले र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको आइतवार बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरेको छ । ओली निवास बालकोटमा बसेको प्रस्तुत बैठकले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रतिवेदन अनुमोदन गरेको जानकारी दिदै समितिका सदस्य नारायणकाजी श्रेष्ठले चुनावी घोषणापत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डामा गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्ने सहमति भएको जानकारी दिनु भएको छ ।

 बामदेव गौतमको संयोजकत्वमा नव गठित सात सदस्यीय कार्यदलमा गिरिराजमणि पोखरेल, भीमबहादुर रावल, वर्षमान पुन, विजय पौडेल, युवराज खतिवडा र मीनबहादुर श्रेष्ठ रहनु भएका छन । त्यस्तै दुई पार्टीबीचको जारी छलफललाई निष्कर्षमा पु¥याएर वैचारिक र सांगठनिक कार्यदल बनाउने निर्णयसमेत भएको बताउनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।