बिहिबार, चैत्र १५, २०८०

राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा नेतात्रयलाइ

 काठमाडौ माघ ८,  माओवादी केन्द्रको आज बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका उम्मेदवार छनोटका जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्ड नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाइ दिएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमालेसंगको सहकार्यमा माओवादी केन््रद्रले १४ जना उम्मेदवार दिने जनाउँदै पार्टी प्रवक्ता पम्फा भुसालले सबै वर्ग र क्षेत्र मिलाएर पार्टीमा लामो समयदेखि योगदान गरेका, अवसर नपाएका, शहीद र बेपत्ता परिवारलाई पहिलो प्राथमिकतामा राख्दै
उम्मेदवार छनोट गरिने जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।