शनिबार, बैशाख ८, २०८१

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दलहरुबीच सहकार्य हुनु पर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं मंसिर २८ , राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । नियममित भेटवार्ता भनिएको प्रस्तुत भेटवार्ताको क्रममा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सहित समानुपातिक तर्फको मतपरिणाम पनि आउँने तयारी रहेको राष्ट्रपति भण्डारीलाइ जानकारी गराउँनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुल प्रसाद चुडालद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै भेटवार्ताका क्रममा  राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा कोशेढुंगाका रुपमा रहेको निर्वाचन शान्तिपूर्ण र ठूलो जनसहभागितामा सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिदै अब मुलुकमा राजनीतिक स्थिरता हुने विश्वास व्यक्त गर्दै समाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जन आकांक्षा सफल पार्न दलहरुबीच सहकार्य हुनु पर्नेमा जोड दिनु भएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।