बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

 काठमाडौ फागुन २८, बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यात्रीबाहक युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणकाक्रममा आज दिउँसो १४ः१८ बजे भएको दुर्घटना प्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गर्दै दुर्घटनामा परी निधन भएकामा शोकसन्तप्त परिवाजनप्रति समवेदना प्रकट गरेकी छन् । त्यस्तै उहाँले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसैवीच  उपराष्ट्रपति नन्दबहादुर पुनले पनि विमान दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका छन् । उनले दुर्घटनाका कारणबारे गम्भीर छानबिन गर्न तथा आगामी दिनमा दुर्घटना र दुर्घटनाबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस संयोजक मनोज घर्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।