शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित, राष्ट्रपतिलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण

काठमाडौ। फागुन २९, नेपालको राष्ट्रपति पदमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पुनःदोस्रो कार्यकालका लागि पनि निर्वाचित हुनु भएको छ । आज सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा भारी मतका साथ निर्वाचित हुनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीलाइ सम्पन्न निर्वाचनमा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका साथै संघीय समाजवादी फोरम नेपाल र राजपाले मतदान गरेका थिए ।

 यसआघि उहाँ  व्यवस्थापिका संसद्बवाट २०७२ कात्तिक ११ मा सो पदमा निर्वाचित हुनभएको थियो ।  आज सम्पन्न निर्वाचनमा राष्ट्रपति भण्डारीले ५२ हजार ५०१ कूल मतको बहुमत अर्थात् ३९ हजार २७५ मतभार प्राप्त गर्दै गर्दा उहाँका प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गर्नु भएको थियो ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ । राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अत्यधिक मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपालको राष्ट्रपति पदमा निर्वाचन हुनुभएकामा राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवनमा शीतल निवासमा मंगलबार साँझै प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728