शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपति, प्रम सहित प्रमुखदलका नेतासंग अर्थपूर्ण छलफल गर्दै विदेशमन्त्री स्वराज फर्किए स्वदेश

काठमाडौ माघ १९,   २ दिने नेपाल भ्रमणपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपरान्ह स्वदेश फर्किएकी छिन् । नेपाल भ्रमणको क्रममा विदेश मन्त्री स्वराजले राजनीतिक दलका मुलुकका राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री शेरबहादुर देउवा  सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , मधेसवादीदलका नेताशरु सग भेटवार्ता गरेकी थिईन् ।

विहिवार स्वराजले पहिलो भेट एमाले अध्यक्ष केपी ओलीसँग गरेकी थिईन् ।   लगत्तै उनले राजपाका नेताहरुसँग भेट गरेकी थिईन् । त्यस्तै उनले आज विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिन् । त्यसपछि उनले फोरम नेपालका अध्यक्ष उपेन्द यादवलगायतसंग वान टु वान भेटवार्ता गरिन् ।

  स्वराजले भारत उड्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा आयोजना गरेको लञ्च खाएर स्वदेश फर्किएकी हुन् । २ दिने भ्रमणको क्रमम विदेशमत्री स्वराजले भेटवार्ता गरिेका प्राय सवै प्रमुखदलका नेतासंग नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित सहितको अर्थपूर्ण र महत्वपूर्ण छलफल भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।