मङ्लबार, बैशाख ११, २०८१

राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातबाट मौनअवधि सुरु

काठमाडौ फागुन २६ , राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातबाट मौनअवधि सुरु हुँदैछ । निर्वाचन आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार निर्वाचनको मौनअवधि सुरु भएपछि कुनैपनि उम्मेदवार र राजनीतिक दलले प्रचार–प्रसार गर्न र मत माग्न नपाउने जनाएको छ ।   राष्ट्रपतिपदका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका कुमारी लक्ष्मी राईवीच प्रतिष्प्रर्धा हुने भएको छ ।

त्यस्तै आयोगले अन्तिम मतदाता नामावलीमा समावेश नभएका निर्वाचकमन्डलका सदस्य र नामावली प्रकाशित भइसकेपछि शपथ लिएका राष्ट्रियसभामा मनोनीत ३ सदस्यले समेत मतदान गर्न नपाउने आयोगका प्रवक्ता नवराज ढकालद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यस्तै  आयोगले शनिबार सो निर्वाचनको सन्चालन र व्यवस्थापनका लागि मतदान अधिकृत र सम्बन्धित कर्मचारीलाई तालिम दिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।