शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपतिमा एमालेबाट वहालवाला राष्ट्रपति भण्डारी र कांग्रेसबाट राईको मनोनयन दर्ता

काठमाडौ फागुन २३, आगामी फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनको लागि आज मनोनय दर्ताको कार्यक्रम अन्र्तगत एमालेको तर्फबाट वहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी र   कांग्रेसको तर्फबाट पूर्व सभासद कुमारी लक्ष्मी राईले आआफ्नो उम्मेदारी दर्ता गराउनु भएको छ ।  भण्डारीको प्रस्तावकमा पूर्व प्रधानमन्त्री माधव नेपाल, एमाले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, सुवास नेमवाङ, पूर्व सभामुख ओनसरी घर्ती रहेकी छन भने समर्थकमा राम बहादुर थापा, विष्ण पौडेल, गोकर्ण बिष्ट, भानुभक्त ढकाल र रविन्द्र अधिकारी रहेका छन् ।

त्यस्तै काँग्रेस उम्मेदार राईको प्रस्तावकमा चित्र लेखा यादव, मान बहादुर विश्वकर्मा, पार्वती विसि चौधरी, देवेन्द्रराज कडेल र सुरेन्द्रराज पाण्डे रहेका छन्। त्यस्तै उनको समर्थकमा मेखलाल श्रेष्ठ, सरिता प्रसाई, शिव चन्द्र चौधरी, सुजाता परियार र राधा घले रहेकी छन् । राष्ट्रपतिको चुनावमा प्रदेश सभाबाट ५४९ जना, प्रतिनिधि सभाबाट २७५ जना र राष्ट्रिय सभाबाट ५६ जनाले मतदान गर्नेछन् ।

 यसैवीच यअघि एमालेको तर्फबाट नेता एमाले नेता झनाथ खनालचर्चा भएसंगै कांग्रेसलेपनि सांसद मानबहादुर विश्वकर्मालाई राष्ट्रपतिको उम्मेदवार बनाउँने शोच बनाएको थियो । तर पछि एमालेले विद्या भण्डारीलाई अघि सारेपछि कांग्रेसले पनि महिला उम्मेदवार उठाएको हो। राष्ट्रपतिको चुनावमा प्रदेश सभाबाट ५४९ जना, प्रतिनिधि सभाबाट २७५ जना र राष्ट्रिय सभाबाट ५६ जनाले मतदान गर्नेछन् । राष्ट्रिय सभाका तीन जना, कैलाली क्षेत्र नम्बर १ का सासद रेशमलाल चौधरी र राजिव विक्रम गुरुङले बाहेक अरुले मतदान गर्नेछन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।