शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपतिद्वारा नवनियुक्त तीन मन्त्रीलाई शपथ

प्रधानमन्त्री  देउवा नेतृत्वको  मन्त्रिमण्डल ५ औं पटक विस्तार,   ३० मन्त्री  र २३ राज्यमन्त्री सहितको जम्बो मन्त्रिमण्डलको  नेतृत्व गर्दै  प्रम देउवा0 

काठमाडौ भाद्र २६,  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिमण्डल ५औं पटक विस्तार भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फका Captureनेतात्रयलाइ सरकारमा समावेस गराउँदै मन्त्रिमण्डल ५औं पटक विस्तार गरेसंगै मन्त्रिमण्डलमा ३० मन्त्री  र २३ राज्यमन्त्री सहित ५४ सदस्यीय भएको छ । आज विस्तारित मन्त्रीमण्डलका नयाँ सदस्यहरुमा विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापा  र रेशम लामालाई उद्योग उद्योग राज्यमन्त्रीको  जिम्मेवारी  दिईएको  छ ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सरकारका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहनु भएको थियो ।

यसैवीच नवनियुक्त उद्योगमन्त्री सुनिलबहादुर थापाले आज मन्त्रालयमा पुगी पदबहाली गर्नुभएको छ । नवनियुक्त उद्योग मन्त्री थापाले पदबहालीपछि आयोजित परिचयात्मक कार्यक्रममा मुलुकको व्यापार घाटा कम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न र रुग्ण उद्योग सञ्चालनमा आफ्नो प्रयास जारी रहने बताउनुभएको थियो ।  त्यस्तैगरी अर्का नवनियुक्त वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले सपथग्रहण लगत्तै मन्त्रालयमा पदबहाली गर्ने क्रमममा आफु झण्डा हल्लाउनका लागि मन्त्री बनेको होइन, तपार्इंहरुलाई सहयोग गर्नका लागि मन्त्री बनेको बताउँदै राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031