बिहिबार, चैत्र १५, २०८०

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजाअर्चना

 भक्तपुर ७ कात्तिक,  वडादशैको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न ४ बजे भक्तपुरको प्रसिद्ध देवी नवदुर्गा मन्दिर पुगेर दुर्गा भवानीको पूजाअर्चना  गर्दै टीका प्रसाद ग्रहण गर्नुभएको छ । दसैंको अन्तिम दिन राष्ट्र प्रमुखले यस मन्दिरमा प्रसाद ग्रहण गर्ने परम्परा अनुरुप उहाँले वीनवदुर्गा मन्दिर पुगेर दुर्गा भवानीको पूजाअर्चना  गर्दै टीका प्रसाद ग्रहण गर्नुभएको हो । 

नवदुर्गा मन्दिरमा राष्ट्रपति भण्डारीलाइ मन्दिरका मूल पुजारी जुलाल कर्माचार्यले दुर्गा भवानीको टीका प्रसाद प्रदान गर्नुभएको थियो भने
अर्का पुजारी इन्द्रबहादुर वनमालाले उहाँलाई नवदुर्गाको प्रसाद फूलमाला, र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीलाइ नवदुर्गा मन्दिरमा संघीय संसदका सदस्य बस्नेत, प्रदेशसभाका सदस्यद्वय शशिजंग थापा, डा राजेन्द्रमान श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट,तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, गुठी कार्यालयका प्रमुख, सरकारी कार्यालयको कर्मचारी लगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।

त्यस्तै यसअघि राष्ट्रपतिले दक्षिणा रु ५०५ दक्षिणा प्रदान गर्दै आएकामा यस वर्ष भने दोब्बर दक्षिणा दिएको थियो । नवदुर्गा मन्दिरमा राष्ट्रपतिले करीब २० मिनेट पूजाअर्चना गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।