शनिबार, बैशाख ८, २०८१

राप्रपा संयुक्तद्दारा फैसलाको स्वागत

काठमाडौ माघ २४,  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सर्वोच्च अदालतले एनसेलले छलेको रु ४३ अर्ब पूँजीगत लाभकर राज्य ढुकुटीमा दाखिला गर्न भनी गरेको फैसलाको स्वागत गरेको छ ।

प्रचारप्रसार समितिका संयोजक राजेन्द्र गुरुङले आज जारी गर्नुभएको विज्ञप्तिमा राज्यले सो रकम उठाउनु भनि अदालतले गरेको निर्णय प्रशंसनीय तथा स्वागतयोग्य रहेको उल्लेख गर्दै पार्टीका नेताहरुले सो विषयमा निरन्तर ध्यानाकर्षण गर्दै आएकामा आवाज सही रहेछ भन्ने स्पष्ट भएको जनाइएको छ ।

लाभकरअन्तर्गत एनसेलले रु ६५ अर्ब तिर्नुपर्ने कर कार्यालयले ठहर गरेको पार्टीले जनाएको छ । विज्ञप्तिमा अदालतको उक्त निर्णयलाई अविलम्ब कार्यान्वयनका लागि सरकारसँग माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।