शनिबार, बैशाख ८, २०८१

राप्रपाको चुनावी अवधारणा राजसंस्था सहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

काठमाडौ कार्तिक २१ , राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा सहितको चुनावी घोषणापत्रमा तयार गरेको छ ।  राप्रपाको घोषणापत्रमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनको स्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने र नेपाली परिवेश सुहाउँदो मौलिक प्रजातन्त्र लगायतका प्रसंग समावेस भएको पार्टी प्रवक्ता भुवन पाठकलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

मुलुकमा सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम गरी सम्पूर्ण धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता कायम गरिने तथा आर्थिक वृद्धिदरमाथि लैजान १५ वर्षभित्र पर्याप्त रोजगारी सिर्जना गरी वैदेशिक रोजगारमा जाने जनशक्तिको अन्त्य गरिने त्यस्तै आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना कार्यान्वयन गरी सदाका लागि विद्युत्भार कटौतीको अन्त्य गरिने तथा उच्चस्तरीय छानबिन न्यायिक आयोग गठन गरी अवैध रुपमा कमाएका सम्पत्ति जफत गर्ने र विभिन्न व्यक्ति एंव समूहद्वारा विदेशमा लुकाइएका कालोधन फिर्ता ल्याई राष्ट्र निर्माण उपयोग गरिने उल्लेख गरिएको छ ।

त्यस्तै गरि काठमाडौँ–हेटाँैडा जोड्ने सुरुङमार्ग, काठमाडौँ–जुम्ला जोड्ने राजमार्ग, काठमाडौँ बाहिरी चक्रपथ, तराई मधेसको मेची महाकाली हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, काठमाडौँ तराई द्रुतमार्ग, मेचीकाली विद्युतीय रेलमार्ग, कोशी तथा नारायणी नदीमा जलमार्गजस्ता यातायातको सञ्जाल निर्माण लगायतका विषय समेटिएको छ ।