शुक्रबार, चैत्र १६, २०८०

रातको समयमा पनि काठमाडौंमा घुम्न मिल्ने वातावरण बनाइने: मन्त्री अधिकारी

पुनःनिर्माणमा पनि ‘सिन्डिकेट’ हावी भएको कामपा प्रमुखको जिकिर

काठमाडौ वैशाख ८,  विश्व सम्पदा दिवसको अवसरमा विश्व सम्पदाको संरक्षण तथा सम्वर्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउने लक्ष्य अनुरुप काठमाडौं महानगरपालिकाको संयोजनमा आयोजित हनुमानढोका दरवार देखि स्वयम्भूक्षेत्रसम्मको रुटमा अवस्थित सम्पदाको संरक्षण र यसको प्रवद्धनका लागि सम्पदा मार्ग पदयात्रा कार्यक्रमलाइ सम्बोधन गर्दै  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटन प्रवद्धनका लागि पर्यटकहरुलाई रातको समयमा पनि काठमाडौंमा घुम्न मिल्ने वातावरण बनाइने बताएका छन् ।

सम्बोधनको क्रममा मन्त्री अधिकारीले सम्पदास्थललाई जोड्ने पदमार्गले यस क्षेत्रका सम्पदाहरुको पुनःनिर्माणमा सहयोग पुग्नुको अलावा सम्पदास्थल जोड्ने मार्गको विकासका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माणमा पनि ‘सिन्डिकेट’ हावी भएको भन्दै यसलाई तोड्न आवश्यक रहेको बताए ।

हनुमानढोकाबाट सुरु भएको पदयात्रा प्रस्तावित पदमार्ग विश्व सम्पदास्थल हनुमानढोका, मरुगणेश, काष्ठमन्डप, मरुहिंटी, सन्तानेश्वर महादेव, तेलमील, दमाइँटोल, पाछेँगल्ली, भुरुङखेल, डल्लु–चौतारा, भुइँखेल हुँदै अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्म पुगेर समापन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।