बिहिबार, चैत्र १५, २०८०

राजपाको महाधिवेशन पूर्वघोषित मितिमा नहुँने

काठमाडौ चैत २९,  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को महाधिवेशन महाधिवेशनको तयारी नपुगेको जनाउ सहित तोकिएको समयमा नहुने भएको छ । राजपाले पूर्व तयारीको कारण देखाउँदै आगामी वैशाख ७–९ मा पूर्वघोषित महाधिवेशनको मिति सार्ने तयारी गरेको हो ।

यसैको लागि राजधानीमा तीन दिनसम्म चलेको राजपा अध्यक्षमण्डलको बैठकले अर्को मिति तय गर्न वैशाख ८ गते पदाधिकारी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकले पार्टी महाधिवेशन सम्पन्न गर्न नेता महन्थ ठाकुरको संयोजकत्वमा राजपा नेपाल महाधिवेशन मूल आयोजक समिति गठन गरेको राजपा अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।