शुक्रबार, चैत्र १६, २०८०

राजपाका केन्द्रीय सचिव लामाको करेन्ट लागेर मृत्यु

 इटहरी जेठ २५  ,राजपा नेपालका केन्द्रीय सचिव तेन्जी लामा(छत्रपती) को बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।  केन्द्रीय सचिव तेन्जी लामाको इटहरीस्थित आफ्नै घरको बाथरुममा नुहाउने क्रममा करेन्ट लागेर घाइते भएको र उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको

लामाको शव हाल बिपी प्रतिष्ठानमा राखिएको छ । उनको दाहसंस्कारका लागि पार्टीका जिल्लास्तरीय नेताहरुको उपस्थिति भइसकेको छ भने पार्टीका केन्द्रीय नेताहरु पनि आउने क्रममा रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।