शुक्रबार, चैत्र १६, २०८०

राजधानीमा ३ दिने खाद्य मेलाको आयोजना हुदै

काठमाडौं चैत ७, खाद्य प्रविधि तथा गेण नियन्त्रण विभागले राजधानीमा ३ दिने खाद्य मेलाको आयोजना गर्ने भएको छ । परम्परागत एवम् पोषिला खाद्य पदार्थको प्रवर्धन गर्दै आम नेपालीहरुको खानपानमा सुधार गर्न तथा स्वदेशी उत्पादनको प्रवर्धन गरी दीगो अर्थतन्त्रको निर्माणका लागि विभिन्न स्थानहरुमा खाद्य मेलाको आयोजना गर्दै आएको विभागले यसपटक परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबर्द्धन गरौँ असल पोषणका लागि खाने बानीमा सुधार गरौ भन्ने नाराका साथ प्रस्तुत मेलाको आयोजना गर्न लागेको जनाएको छ ।
प्रस्तुत मेलामा मुलत स्थानीय र अल्प प्रचलनमा रहेका पोषिला परिकारहरूको प्रचार प्रसार गर्ने , अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारबारे जानकारी प्रदान गर्ने, स्वदेशी खाद्य उत्पादनको प्रबर्द्धन गर्ने तथा खाद्य पोषणसम्बन्धी विविध जानकारी प्रदान गर्ने उद्देश्य तय गरिएको आज विभागमा आयोजित पत्रकार सम्मेलनमा दिईएको छ । त्यस्तै पत्रकार सम्मेलनमा विभाग तथा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको संयुक्त आयोजना एवम् मा हुने मेलाको चैत्र ९ गते राजधानीको भृकुटीमण्डप बगैंचामा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री श्री चक्रपाणी खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिईएको छ ।

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म अवलोकन गर्न सकिने उक्त मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकारसहितका १४ स्टल, विभिन्न संघसंस्थाका जानकारीमूलक २४ स्टल र विभिन्न उद्योगहरूबाट उत्पादित खाद्य वस्तु बिक्री वितरण गर्ने गरी ४० स्टलसहित कुल ७८ स्टल रहनुको अलावा मेलामा नि शुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिइएको छ ।
मेलामा मुख्यत खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सहित विभिन्न जाति, जनजातिका लोकप्रिय, पौष्टिक परिकारको प्रदर्शनी एवम् बिक्री वितरण गरिने तथा स्थानीय स्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थहरूको उत्पादन विविधीकरण तथा पौष्टिक महत्त्वका बारेमा जानकारीमूलक प्रदर्शनीका साथै खाद्य प्रविधि तथा पोषण सम्बन्धी अध्ययन अनुसन्धानबारे सर्वसाधारणलाई जानकारी गराइनुको खाद्य प्रविधि तथा होटल ब्यवस्थापन विषय अध्यापन गराइने विभिन्न कलेजहरूको समेत सहभागितामा खाना तथा पोषण सम्बन्धी परामर्श समेत दिइने हुनाले आफ्नो स्वास्थ्य तथा पोषण अवस्था अनुसार खानपानको लागि उचित परामर्श प्रवाहको समेत व्यवस्था गरिएको बताईएको छ ।  त्यस्तै मेलामा सहभागीमध्ये खाद्य उद्योग, खाद्य सम्बन्धी प्रदर्शनी तथा खाद्य परिकार समूह गरी तीन विधामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।