शनिबार, बैशाख ८, २०८१

राजधानीमा १२औँ इजरायली चलचित्र महोत्सव : नेपालमा चलचित्र छायाङ्कनका लागि मन्त्री अधिकारीको आग्रह

काठमाडौं कार्तिक १५ , संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आर्थिक, सामाजिक र प्रविधि एवं कृषि क्षेत्रमा इजरायलले हासिल गरेको प्रगतिबाट नेपालले सिक्नुपर्ने बताउँँनु भएको छ । विहिवार राजधानीमा सुरु भएको ३ दिने १२औँ इजरायली चलचित्र महोत्सवको सुभारम्भ गर्दै मन्त्री अधिकारी यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै इजरायल र नेपालबीचको दौत्य सम्बन्धलाइ कला संस्कृतिको  माध्यबाट थप सवलीकरण गर्र्ने लक्ष्य सहित आयोजना गरिएको प्रूत्त महोत्सवको उद्घाटन सत्रमा बोल्दै मन्त्री अधिकारीले नेपालको विकास प्रयासमा आर्थिक एवं प्राविधिक सहायता उपलब्ध गराएकामा आभार समेत व्यक्त गर्दै आसन्न नेपाल भैमण वर्षलाइ सफल बनाउँन इजरायलको तर्फबाट महत्वपूर्ण सहयोग हुने विस्वास व्यक्त गर्दै जैविक तथा सांस्कृतिक विविधतले भरिपूर्ण मुलुक नेपालमा इजरायली चलचित्र छायाङ्कनका लागि समेत आग्रह गर्नु भएको छ ।

कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले सन् १९६० मा नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरेयता इजरायलले सांस्कृतिक प्रवद्र्धनका विविध कार्यक्रम सञ्चालन गर्दै आएको इजरायली चलचित्र महोत्सव त्यसैको एउटा शृङ्खला भएको बताउनु भएको छ ।

कार्यक्रममा नायिका मनिषा कोइरालाको पनि विशेष उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।