शनिबार, बैशाख ८, २०८१

राजधानीमा स्थानीय निर्वाचनको रन्को, कामपा २४ मा भण्डारीको चर्चा

काठमाडौं चैत्र ३०, आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाननमा काँग्रेसबाट निर्वाचनका लागि प्रमुख राजनीतिक दल उम्मेदवार छान्ने तरखरमा रहेककै अवस्थामा अहिले सर्वत्र उम्मेदवारका सवालमा चोक–चोकमा राजनीतिक चर्चा चासो अभिव्यक्त भइरहेका छन ।  महानगरपालिका, नगरपालिकामा प्रमुख र 16835884_773724346114443_1010135412327195768_oउपप्रमुखका साथै र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र बडा अध्यक्ष, सदस्यहरुको को बन्ने भन्ने चर्चासंगै १९ वर्ष पछि हुन गइरहेको एक महानगरपालिका र १० नगरपालिका भएको काठमाडौं महानगरपालिका अन्तगतको कामपा २४ वडामा काँग्रेसको तर्फकाबाट स्थानीय युवा माझ प्रिय उम्मेदवारका रुपमा पहिचान गरिएका युवा व्यक्तित्व विनोदराज भण्डारीको चर्चा चल्दै आएको छ ।

स्थानीय क्षेत्रमा विद्यमान यावत ज्वलत्न जनसमस्यको सवालमा नागरिक वडामञ्च मार्फत समेत त्रि क्रियाशिल भण्डारी लामोसमय देखि समाजसेवामा समेत लागि पर्दै आइरहेका छन । त्यस्तै चर्चाको चरमचुलीमा रहेका उम्मेदवार भण्डारीलाइ आफ्नो प्रतिनिधीको रुपमा स्थापित गर्न स्थानीय समेत कम्मर कसेर लागि परेको बताईएको छ ।

त्यस्तै कांग्रेसकै अन्य उम्मेदवारले समेत चर्चामा रहेका उम्मेदवार  भण्डारीको चर्चाबाट अत्तालिदै उनको चर्चालाइ तजोवोध गर्न लक्ष्य लिदै प्रायोजितरुपमा उम्मेदवारीका लागि आ-आफ्नो दावी प्रस्ततु गर्दै शक्तिकेन्द्रमा धाउँन थालेका बुझिएको छ ।