शुक्रबार, बैशाख ७, २०८१

राजधानीमा सामाजिक सञ्जालको प्रयोग गर्दै ठगी गर्न गिरोह सक्रिय, सचेत बन्न प्रहरीको अपिल

काठमाडौं पुस १८ , सामाजिक सञ्जालमा उपहार परेको, महत्वपूर्ण पार्सल आएको भन्दै सूचना पठाएर ठगी गर्ने गिरोह अहिले राजधानीमा समेत सक्रिय रहेको पाइन्छ । ति गिरोहले सामाजिक सञ्जाल क्रमस फेसबुक, हवाट्एप, भाइबर, इमो जस्ता सामाजिक सञ्जाल मार्फत तपाईँलाई आकर्षक उपहार परेको सूचना त आएको छैन रु यदि आएको छ भने वेलैमा सचेत बन्नुहोस । यस किसिमको सूचनाबाट नराम्ररी ठगिन पनि सक्नुहुन्छ ।

केहि दिन यता महानगरीय अपराध महाशाखाले यस्तै ठगी कार्यमा सक्रिय रहेको अभियोग सहित काठमाडौँ पेप्सीकोला बस्ने कुसुम कायस्थ र आइभरी कोष्टका ओवोतार अलकाग्नीलाई पक्राउ गरेसंगै यस गिरोहको पर्दाफास भएको हो ।

प्रहरीबाट पप्त जानकारी अनुसार पक्राउ परेका यि अभियुक्तले (नातामा श्रीमान श्रीमती रहेका) तपाईको नाममा पार्सल पठाएको र लिन शुल्क तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिबाट रु १४ लाख ३४ हजार ९७२ बराबरको ठगी गरेको बताएको छन । साथै प्रहरीले जनहितको लागि भन्दै सामाजिक सञ्जालमा उपहार परेको, पार्सल आएको भन्दै कुनै सूचना आए प्रहरीलाई जानकारी गराउनसमेत आग्रह समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु