शुक्रबार, चैत्र १६, २०८०

राजधानीमा शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन

प्रधानमन्त्रीको कुर्सीमा बसेर कुनै धर्मप्रति अनास्था राख्ने काम नगर्ने प्रम ओलीको प्रतिबद्धता

काठमाडौ जेठ २, जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीलाइ मंगलवार राजधानीमा नागरिक अभिनन्दन गरिएको छ । साताव्यापी धार्मिक यात्रामा नेपाल आउनु भएका शंकराचार्य निश्चलानन्द सरस्वतीलाइ अभिनन्दन गर्नुहुँदै प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेर कुनै धर्मप्रति अनास्था राख्ने काम नगर्ने प्रतिबद्धता व्यक्त गर्दै देवभूमि, वेदभूमि, तपोभूमि नेपालबाट विश्व शान्तिको सन्देश फैलाउने आफ्नो दायित्व भएको बताउँनु भएको छ ।  त्यस्तै अभिनन्दित व्यक्तित्व शंकराचार्य निश्चलानन्द सरस्वतीले काठमाडौँ नेपालको भौगोलिक राजधानी मात्र नभई धार्मिक राजधानी पनि भए भन्दै सनातन वैदिक आर्य हिन्दू धर्म स्थापित भए कुनै तन्त्रको आवश्यकता नपर्ने जिकिर गर्नु भएको थियो ।

कार्यक्रममा कार्यक्रम संयोजक स्वामी पद्मधराचार्य, सहसंयोजक हरिबोल भट्टराई, सहसंयोजक किशोरी महतो, विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहलगायत सम्बोधन गर्नु भएको थियो ।

  त्यस्तै शंकराचार्य निश्चलानन्द सरस्वतीले आज त्रिभुवन विश्वविद्यालय संस्कृत विभागले कीर्तिपुरस्थित स्मृति हलमा आयोजना हुने कार्यक्रमलाइ सम्बोधन गर्नुहुनेछ भने जेठ ४ गते भरतपुर र ६ गते वीरगञ्जमा आयोजना हुने कार्यक्रममा पनि उहाँले प्रवचन दिनु हुने आयोजकसमितिले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।