मङ्लबार, बैशाख ११, २०८१

राजधानीमा प्रहरीद्दारा राजधानीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

काठमाडौ असोज १,  महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलनको आयोजना गर्दै दशैँ, तिहार लगायतका आसन्न चाडपर्व लक्षित राजधानीको सुरक्षा योजना सार्वजनिक गरेको छ ।  चाडपर्वको क्रममा हुन सक्ने यावत घटनालाइ दृष्टिगत गर्दै परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्रबहादुर धानुकले Nepal-policeउपत्यकाको सुरक्षा व्यवस्था त्रुटिरहित, भरपर्दो बनाउँन आवश्यक सुरक्षा योजना तय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले महानगरीय प्रहरीद्दारा सार्वजनिक सुरक्षा योजना अनुरुप सादा पोशाकमा सूचना संकलनका लागि प्रहरी परिचालन र आधुनिक प्रविधिको प्रयोग गरी तीन चरणको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिदै दैनिक पैदल गस्ती, ३६ वटा साइकल गस्ती, ७५ वटा मोटरसाइकल गस्ती, ३० वटा मोटर गस्ती, पिकेटिङ ४३ स्थानमा, सवारी गस्ती, छड्के चेकजाँच जस्ता कार्य गरिने प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले चाडपर्वको क्रममा चोरी, जुवातास, गुण्डागर्दी, पाकेटमारी, कालोबजारी, खाद्य मिसावट नियन्त्रणका लागि अभियानै सञ्चालन गरिने प्रमुख धानुकले जानकारी दिनुभएको छ ।