शनिबार, बैशाख ८, २०८१

राजधानीमा दर्जनौ नव-लायन सदस्यहरु प्रशिक्षित

काठमाडौं मंसिर २३ , स्थापनाकालको शताब्दी वर्ष मनाउँने क्रममा विश्वको २१२ राष्ट्रमा सेवा नेटवर्क विस्तार भएको अग्रणी सामाजीक संस्था लायन्स क्लव अफ इन्टनेशल अन्र्तगतका लायन्स क्लव अफ फेलोशिप काठमाडौं  ,लायन्स क्लव अफ हिमचुली, लायन्स क्लव अफ रेजेन्सी र लायन्स क्लव अफ अनेष्टीबाट  लायन्स कल्वको सदस्यता ग्रहण गरेका सदस्यहरुको लागि आज राजधानीमा स्वागत सहित तथा सपथ कार्यक्रमको आयोजना गरेको छन ।

ओरिन्टेसन अन्तगत लायनवादको सिद्धान्त यसको मर्म तथा आचरणका सवालमा प्रशिक्षकद्दय पिडिजी लायन विज’ बज्राचार्य र लायन मधुs/  उपाध्यायले प्रशिक्षण दिनु भएको उक्त कार्यक्रम डिष्ट्रिक गर्भनर लायन डि।आर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यस्तै कार्यक्रममा लायन्स क्लव अफ फेलोशिपका क्लव प्रेसिडेन्ट भरत प्रसाई,  चार्टर प्रेसिडेन्ट कृष्णज्योती शाक्य लगायतका लायन वक्ताहरुले वोल्नु भएको  थियो भने कार्यक्रम लायन स्वदेश महर्जनले सञ्चालन गर्नु भएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।