बिहिबार, बैशाख १३, २०८१

राजधानीमा काँग्रेस महिला नेतृहरुको भेला

  काठमाडौं जेठ २१ , राजधानीमा आज नेपाली काँग्रेस सम्वद्ध महिलानेतृहरुको विशेष भेला सम्पन्न भएको छ। नेपाल महिला संघको आयोजनामा सम्पन्न प्रस्तुत भेला काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

भेलाका सहभागी प्रमुख वक्ता पौडेल सहित काँग्रेस महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य एवम नेपाल सरकारका पूर्व उपप्रम प्रकाशमान सिंह त्यस्तै काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्रीद्दय डा.रामशरण महत , नविन्द्रराज जोशी, पूर्व सभासद राज्यलक्ष्मी श्रेष्ठ ,महिला नेतृ कमला पन्त र  काठमाडौं महिला संघकी अध्यक्ष विष्णु पुडासैनी लगायतका वक्ताले मुलुकको पछिल्लो परिवर्तित अवस्था र काँग्रेसले पहिल्यानु पर्ने मार्गको सवालमा चर्चा गर्नु भएको थियो ।  

कार्यक्रममा पछिल्लो समय पार्टीमा मौलाउँदै गएको गुटउपगुटका कारण पार्टी कमजोर भएकाले महिला नेतृहरुलाइ गुटउपगुटमा नलाग्न आग्रह गर्दै महिला नेतृहरुको भूमिका र सांगठनिक संरचनामा उनिहरुको उपस्थितीका लागि पहलकदमी लिने केन्द्रीय नेताहरुले प्रतिवद्धता अभिव्यक्त गर्नु भएको उक्त कार्यक्रम महिला नेतृ मिना पाण्डेले समापन गर्नु भएको  काठमाडौं काँग्रेस क्षेत्र न. ८ का कोषाध्यक्ष रमिला श्रेष्ठले दिएकी छिन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।