शुक्रबार, चैत्र १६, २०८०

राजधानीका अधिकांस मासुपसल मानवस्वास्थ्य मैत्री नभएको कामपाको  ठहर

काठमाडौ पौष २० ,काठमाडौँ महानगरपालिकाले गत पौष १५ गते जारी गरेको ४३ बुँदे प्रतिवद्धतापत्र अनुरुप आज राजधानीको बानेश्वर र अनामनगरस्थित केही मासु पसलमा गरेको अनुगमनको क्रममा अधिकांश पसल मानवस्वास्थ्य मैत्री नभएको जनाएको छ । अनुगमनको Meat-shopवाजुद पनि राजधानीको मासु पसलको सुधारमा कुनै किसिमको गुणात्मक परिणाम नदेखिनु आफैमा लावरवाहीको पराकाष्ठा भएको भन्दै महानगरपालिकाको अनुगमनटोलीले ७ दिने अल्टिमेटम दिएको छ ।

अनुगमन पछि कामपा जनस्वाश्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले व्यावसायिक र महानगरीय मापदण्डको आधारभूत पक्षका रुपमा रहेको विषयको व्यापारीले ख्याल नगरेसम्म स्वास्थ्यकर मासु उत्पादन हुन नसक्ने बताउँदै उत्पादक र व्यापारी बीचको छलछामले उपभोक्ताको स्वास्थ्यमा असर पर्ने हुँदा यसो नगर्न प्रमुख श्रष्ठले व्यापारीलाई आग्रह गर्नुभएको प्राप्त समाचारमा उलेख गरिएको छ । अनुगमनका क्रममा पक्षी बध गर्ने र मासु बेच्ने स्थान एउटै, मासु छोप्नका लागि जालीको प्रयोग नगर्नु, मासु काट्ने हतियार खिया लागेको हुनु, बेच्ने व्यक्तिले एप्रोनको प्रयोग नगर्नुजस्ता समस्या भेटिएको कामपाले बताएको छ ।

अनुगमनकै क्रममा स्वास्थ्यकर्मीले एक दिनमा बढीमा १५० ग्रामसम्म मासु खान राम्रो हुने भन्दै जुनसुकै खाद्य वस्तुको प्रयोग गर्दा त्यसमा भएका गुण र प्रयोग गर्ने मानिसको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न जरुरी हुने बताएका थिए । अब हरेक दिन खाद्यवस्तुको अनुगमन गर्ने पनि कामपाले जनाएको छ ।