शुक्रबार, चैत्र १६, २०८०

राजदूत आचार्यको नियुक्तिसँगै शपथ

काठमाडौ माघ २०,  राष्ट्रपति विद्यादेवी भण्डारीले आव गणतन्त्र भारतको लागि नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राजदूतमा नियुक्त नीलाम्बर आचार्यलाई राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।