शनिबार, बैशाख ८, २०८१

राजदूतका लागि प्रस्तावित सवै नाम सुनुवाइ समितिबाट अनुमोदित

काठमाडौं मंसिर २३,  संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले सरकारले भारत, यूएई,मलेसिया र इजरायलका लागि सिफारिस गरेका ४ जना राजदुतको सुनुवाइ गर्दै चार देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

नाम अनुमोदन भएकाहरुमा भारतका लागि प्रस्तावित राजदूत नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल रहेका छन् ।

प्रस्तावित राजदूतको नाम अनुमोदित भएसंगै अव राष्ट्रपतिबाट सम्बन्धित देशका लागि राजदूत नियुक्त गरिने छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।